
कौशलटारमा मुख्य कार्यालय रहेको शिखरदिप बहुउद्देश्यीय सहकारीले कीर्तिपुर नगरपालिका तथा नगरपालिकाको वडा नम्वर ७, ८ र ९ मा रहेका विद्यार्थीहरुलाई खाद्ययान्न सहयोग गरेको छ । संस्थाको कीर्तिपुर शाखा कार्यालय तथा नगरपालिका मार्फत विद्यार्थीहरूलाई राहत सामाग्री वितरण गरेको हो ।
अनेरास्ववियुको समन्वयमा कीर्तिपुर नगरपालिका वडा नं. ७, ८ र ९ मा बसेका विद्यार्थीहरुलाइ बैशाख ६ गते चामल ३०० बोरा (४५ क्वीन्टल), चना दाल ३०० प्याकेट (६०० किलो) र खाने तेल ३०० बोतल (३०० लिटर ) वितरण गरेको थियो ।
त्यसैगरी संस्थाले बैशाख ७ गते जिरा मसिनो चामल ६०० प्याकेट (३० क्वीन्टल), चना दाल ६०० प्याकेट (६०० के.जी.) किर्तीपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खडकालाई संयुक्त रुपमा हस्तान्तरण गरेको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतम ले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा संस्थाका अध्यक्ष केदारनाथ शर्माले बिद्यार्थिहरु राष्ट्रका कर्णधार भएकाले उनिहरुलाई यस विषम परिस्थितिमा सहयोग गर्नु हाम्रो कर्तव्य भएको बताए । उनले भने ‘हामी संग नेपालको जनसंख्या लाई १ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेकोले कसैले पनि भोकै मर्ने दिन आउन नदिने बताए ।’
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय समितिका अध्यक्ष ऐनसिंह महर तथा नगर प्रमुख, उपप्रमुख र किर्तीपुर नगरपालिका ७ नम्वर वडा अध्यक्ष राजकुमार मालीले देश लकडाउन भई घरमै वस्नु परेको अवस्थामा टाढाबाट अध्ययन गर्न आई किर्तीपुर क्षेत्रमा बसोवास गर्ने बिद्यार्थी हरुलार्ई शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाले गरेको सहयोको प्रसंसा गरे ।